४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


१० तालिबानको आइएसद्वारा घाँटी रेटेर हत्या


0
Shares

स्थानीय ‘डेलि विसा’ नामक पत्रिकाले आइतबार (आज) प्रकाशन गरेअनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाँउलाई गत बुधबार नियन्त्रणमा लिएर १० जना तालिबान लडाकूलाई अपहरण गरेका थिए ।

उनीहरुको शुक्रबार शिर छेदन गरेर हत्या गरिएको सो समाचारमा जनाइएको छ ।

डार्जाब जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र आइएस लडाकूहरुका बीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको छ । यो घटनाका बारेमा अहिलेसम्म तालिबान र आइएस समूहले केही बताएका छैनन् ।

अफगानिस्तानको उक्त भू–भाग आफ्नो नियन्त्रणमा लिन विगत दुई बर्षदेखि तालिबान समूह र आइएस समूहले संघर्ष गर्दै आएका छन् । रासस/सिन्ह्वा