४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कुख्यात लागूऔषध तस्कर लुइज कार्लोस रोशा ब्राजिलमा पक्राउ


0
Shares

दक्षिण अमेरिकामा कोकिनको धन्धागरी बिश्वभर सञ्जाल फैलाएका ‘ह्वाइट हेड’का नामले चिनिने लुइज कार्लोस रोशा ब्राजिलको पश्चिमी प्रान्त माटो ग्रोसोमा पक्राउ परेका हुन् ।

फरार सूचीमा रहेका कार्लोस रोशाले प्लाष्टिक सर्जरी गरी आफनो रुप परिवर्तन गरेकाले उनलाई पक्रन नसकेको बताईएको छ ।

उनले प्लाष्टिक सर्जरी गर्ने क्रममा आफनो नामसमेत परिवर्तन गरी वाइटर लुइजको डे मोरासका नामले ब्राजीलमा बस्दै आएको ब्राजिल प्रहरीले जनाएको छ ।

उनको नेतृत्वमा बिश्वभर लागूऔषध तस्कर हुँदै आएको छ । आफैँ कोकिन उत्पादन गर्ने उनको समूहले बोलिभिया, पेरु र कोलोम्बियासहित युरोप र अमेरिकासम्म लागूऔषध तस्कर गर्दै आएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उनको समूहले हरेक महिना पाँच टनसम्म कोकिन उत्पादन गर्ने गरेको छ । (एजेन्सी)