११ असार २०८२, बुधबार | Wed Jun 25 2025


खोटाङको खोटेहाङ गाउँपालिकामा एमाले विजयी


0
Shares

गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार प्रदीप राईले ३ हजार १२७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजन ढकालले २ हजार ६८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा पनि एमालेकै कविता राई ३ हजार २० मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुशीला बान्तवाले २ हजार ३०९ मत प्राप्त गरेकी छन् ।