११ असार २०८२, बुधबार | Wed Jun 25 2025


विराटनगर महानगरपालिकाको मतगणना स्थगित


0
Shares

मतगणना व्यवस्थित नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो । मतपेटिकाबाट खन्याइसकेको मत भने गणना गरिनेछ ।

त्यसपछि मतगणना व्यवस्थित गर्ने विषयमा छलफल गरेरमात्रै अघि बढाउने मोरङका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

उनले त्यसका लागि कम्तीमा २ घन्टाको समय माग गरेका छन् । विराटनगरको गणना निकै सुस्त र अव्यवस्थित भएको गुनासो सुरुदेखि नै आइरहेको छ ।

संघीय समाजवादी फोरमबाट प्रमुखका उम्मेदवारले आफ्नो ८ मत फरक परेको भन्दै उजुरीसमेत गरेका छन् ।

फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवकाअनुसार २ हजार १ सय ३१ हुनुपर्नेमा २ हजार १ सय २२ मात्र देखाइएको दाबी उनले गरेका छन् ।

हालसम्मको मतगणनामा नेपाली कांग्रेसका भीम पराजुली अगाडि रहेका छन् भने नेकपा एमालेका विनोद ढकालले पछ्याइरहेका छन् ।