Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घट्यो, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि घटाइयो


0
Shares

नेपाल आयल निगमले आइतबार ग्यास, डिजल र मट्टितेलको भाउ सामान्य घटाएको हो ।

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।

यसैगरी, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाएको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

घटेको मूल्य आइतबार मध्यरातिबाट लागू हुने जनाइएको छ ।