सिभिल बैंकले हामा मर्चेन्ट एन्ड फाइनान्स र युनिक फाइनान्सलाई प्राप्त गरी आइतबार बाट एकीकृत कारोबार सुरु गरेको हो ।
एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे ।
सो अवसरमा बैंकहरुलाई बलियो र सक्षम बनाउन पुँजीवृद्धिको नीति लिइएको गभर्नर नेपालले उल्लेख गरे ।
यस प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भइ ठूला परियोजनाहरुमा थप लगानी गर्न सहज हुने बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
मर्जसँगै बैंकको चुक्तापुँजी ५ अर्ब १८ करोड, निक्षेप ३४ अर्ब ९७ करोड र कुल कर्जा ३१ अर्ब ३२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
साथै, शाखा संख्या पनि ५३ पुगेको बैंकले जनाएको छ ।
बैंकको छैटौं साधारसभाले निर्णय गरिसकेको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुगको पनि बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्