११ असार २०८२, बुधबार | Wed Jun 25 2025


पाल्पाको रामपुर नगरपालिकामा कांग्रेसको जित


0
Shares

थापाले ८ हजार ८८५ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गरे ।

त्यस्तै, कांग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले ८ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गरिन् ।

रामपुर नगरपालिकामा १० ओटा वडामध्ये ६ ओटा वडामा नेपाली कांग्रेस र चारओटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । २२ हजार १०९ मतदातामध्ये १७ हजार २३३ मत खसेको थियो ।

रामपुर नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

त्यस्तै, वडा नम्बर–१० मा पनि जनमोर्चासँग एमालेले चुनावी तालमेल गरेको थियो । रासस