११ असार २०८२, बुधबार | Wed Jun 25 2025


२६० स्थानीय तहको मतपरिणाम सार्वजनिक


0
Shares

अपडेट : काठमाडौं, असार १९ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म २६० स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ११२  स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९९ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३३ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ५, राष्ट्रिय जनमोर्चाले २, राप्रपाले २ र एकजना स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जित हात पारेका छन् ।