११ असार २०८२, बुधबार | Wed Jun 25 2025


बेल्डाँडी गाउँपालिकामा एमाले विजयी


0
Shares

आइतबार राति सम्पन्न मतगणनाबाट एमालेका उम्मेदवार धनबहादुर थापा बेल्डाँडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

तीन हजार २१५ मतसहित अध्यक्षमा निर्वाचित भएका थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत प्राप्त गरे ।

त्यस्तै बेल्डाँडी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कमला कार्की तीन हजार १३७ मत प्राप्त गरेर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्ण गिरीले दुई हजार २७५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

पाँचवटा वडा रहेको बेल्डाँडी गाउँपालिकामा कुल आठ हजार ३०७ मत खसेको थियो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा अब सात नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । (रासस)