
गैडहवामा सङ्घीय समाजवादी फोरमका अध्यक्षका उम्मेदवार बच्चु केवटले पाँच हजार ४१५ मत ल्याएर विजयी भए ।
त्यस्तै उपाध्यक्षमा पनि फोरमकै शोभावती यादवले चार हजार ९७५ मत ल्याएर विजयी भइन् ।
अध्यक्ष पदमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बसीउल्लाह मुसलवानले तीन हजार २७६ र उपाध्यक्षमा मञ्जु न्यौपानेले ३२९ मत ल्याएका थिए ।
त्यसैगरी रोहिणी गाउँपालिकामा पनि सङ्घीय समाजवादी फोरमले जित हासिल गरेको छ । फोरमका सनोजकुमार यादवले तीन हजार ७६० मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए । यादवले राप्रपाका ताहिर वलीलाई २१८ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
राप्रपाका ताहिर वलीले तीन हजार ५४२ ल्याएका छन् ।
उपाध्यक्षमा भने राप्रपाका श्रीकान्ती चमार विजयी भएकी छन् । चमारले तीन हजार ४९६ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरमकी रिमा मिश्राले तीन हजार ४५० मत ल्याइन् । (रासस)
प्रतिक्रिया दिनुहोस्