११ असार २०८२, बुधबार | Wed Jun 25 2025


देउमाई नगरपालिकामा एमाले विजयी


0
Shares

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले ६ हजार ६४५ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले ६ हजार ३९० मत प्राप्त गरिन् ।

देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर प्यानलसहित विजयी भएका छन् ।

वडा नं २ को वडाध्यक्षमा काँग्रेसका भवानी शङ्करको प्यानल विजयी भएको छ भने वडा–३ को वडाध्यक्षमा एमालेका दाबा तामाङको प्यानल विजयी भयो ।

वडा–४ मा काँग्रेसका राजेन्द्र बाँस्तोला ७३८ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो भने वडा–५ मा काँग्रेसका दिलीपकुमार कार्कीसहित नेकाका दुई र एमालेका दुई सदस्य विजयी भए ।

वडा–६ मा एमालेका भगीरथ राई प्यानलसहित विजयी भए ।

वडा–७ को वडाध्यक्षमा काँग्रेसका झक्तबहादुर लिम्बू ८४० मत ल्याएर विजयी भए ।

वडा–८ को वडाध्यक्षमा एमालेका चन्द्र मगर एक हजार ६९ मतसहित विजयी भए भने वडा–९ को वडाध्यक्षमा एमालेका प्रेम बराल प्यानलसहित विजयी भए । (रासस)