
माओवादी केन्द्रका हीराकुमार केवट दुई हजार ४४२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका मञ्जितकुमार यादवले दुई हजार ३११ मत ल्याए ।
यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले दुई हजार २६४ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता उप्रेतीले दुई हजार १७२ मत प्राप्त गरिन् ।
रुपन्देहीमा १६ वटा स्थानीय निकायमध्ये पाँचवटाको अन्तिम परिणाम आइसकेको छ । पाँचवटामध्ये एमालेले दुई, सङ्घीय समाजवादी फोरमले दुई र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्