११ असार २०८२, बुधबार | Wed Jun 25 2025


शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी


0
Shares

अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका सुधा पाण्डेले दुई हजार ६३५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विमला चौधरीले एक हजार ७६४ मत प्राप्त गरिन् ।

अध्यक्ष पदमा विजयी हुनुभएका अहमद तत्कालीन बाँसखोर गाविसमा दुई पटकसम्म अध्यक्ष पदमा बसी जिम्मेवारी सम्हालिसकेका छन् । (रासस)