
काँग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ ।
काँग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ ।
जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा काँग्रेस, ३२ वडाध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी तीन हजार ३३६ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले तीन हजार १८७ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३०८ मत ल्याई विजयी भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रीता सिंहले तीन हजार १८० मत प्राप्त गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्