
सन् २००७ मा ट्रम्प ‘डब्लुडब्लुई रेस्लिङ’को एउटा फाइटमा सहभागि भएको र यो नयाँ भिडियो क्लिप सोही प्रतियोगिताको भिडियो सम्पादनगरी बनाइएको हो ।
वास्तविक भिडियोमा भने ट्रम्पले पूर्व निर्धारित योजनाअनुसार ‘डब्लुडब्लुई’का मालिक विन्स म्याकमोहनलाई पिटेको देखिन्छ । भिडियोको नयाँ एनिमेटेडस्वरुप केहीदिन अघि ट्रम्पका कुनै समर्थकले इन्टरनेटमा पोष्ट गरेका थिए । जसलाई ह्वाइट हाउसबाट सञ्चालित राष्ट्रपतिको ट्वीटर अकाउन्ट पोष्टबाट रिट्विट गरिएको हो ।
#FraudNewsCNN #FNN pic.twitter.com/WYUnHjjUjg
— Donald J. Trump (@realDonaldTrump) July 2, 2017
“>
#FraudNewsCNN #FNN pic.twitter.com/WYUnHjjUjg
— Donald J. Trump (@realDonaldTrump) July 2, 2017
ट्रम्पले भिडियो क्लिप ट्वीटरमा पोष्ट गरेपछि सीएनएनले उनीमाथि हिंसा भड्काएको आरोप लगाएको छ ।
सञ्चारमाध्यमको चर्को आलोचना गर्दै आएका राष्ट्रपति ट्रम्पले धेरैपटक सीएनएनले झूठो खबर दिएको आरोप लगाउदै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्