बुटवल, माघ १८ । अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर–५ को प्रदेशसभा अवरुद्ध गरेको छ ।
शुक्रबार प्रदेशसभा बैठक सुरु भएलगत्तै विपक्षी दलका नेता बलदेव शर्माले डा. केसीको जीवनरक्षामा सरकारले चासो नदिएको भन्दै विरोध गरेपछि कांग्रेस सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए ।
कांग्रेसको अवरोधपछि प्रदेशसभाको बैठक यही माघ २२ गतेसम्मका लागि स्थगित भएको छ ।








प्रतिक्रिया दिनुहोस्