११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सिदिङ्वामा काँग्रेस, फक्ताङलुङमा एमाले विजयी


0
Shares

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानबहादुर राईले दुई हजार २९३ मत मात्र प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का जीवन ताम्लिङ लिम्बु दुई हजार ३४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय लिम्बुवान पार्टी नेपालका देउबहादुर खुदाङले एक हजार ९९२ मत मात्र प्राप्त गरे ।

यसैगरी, फक्ताङलुङ गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरोज एभेङ निर्वाचित भए।

उनले एक हजार ९९८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मणिप्रसाद लावुङ लिम्बूले एक हजार ६६५ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै फुलमाया लिम्बू एक हजार ८८८ मतका साथ निर्वाचित भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का तारादेवी लिम्बूले ८३३ मत प्राप्त गरे । रासस