
नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार भएका गफार अन्सारीले पाँच हजार ६६२ मत ल्याएर विजयी भएका हुन् । उनले सङ्घीय समाजवादी फोरमका हेमनारायण मेहतालाई दुई हजार २७ मतले पराजित गर्दै विजयी भएका हुन् ।
फोरमका मेहताले तीन हजार ६३५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै रिमझिम भगत विजयी भइन् । रिमझिमले पाँच हजार ९६ मत प्राप्त गरिन् । उनले एमालेकी सुनितादेवी मेहतालाई दुई हजार १३१ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
मेहताले दुई हजार ९७५ मत प्राप्त गरिन् ।
हरिनगरामा जम्मा सातवटा वडा रहेकामा १, २, ४, ७ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ नम्बर वडा अध्यक्षमा एमाले र सदस्यमा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् । त्यसैगरी, ३ नम्बर वडामा सङ्घीय समाजवादी फोरम विजयी भएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्