११ असार २०८२, बुधबार | Wed Jun 25 2025


देवदह नगरपालिकामा कांग्रेसको जित, उपमेयरमा एमाले विजयी


0
Shares

देवदह नगरपालिकाको मेयरमा कांग्रेसका हिराबहादुर केसी बिजयी भएका छन् उनले १०,१७६ मत ल्याएर बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टिकाराम चापागाईले १०९८ मत ल्याए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति समेत रहेका युवा नेता केसी ११४ मत अन्तरले बिजयी भएका हुन् ।

३ वटा वडामा प्यानल सहित मेयर पद पनि काँग्रेसले जितेको हो । उपमेयरमा भने एमालेकी बिद्यालक्ष्मी गुरुङ्ग बिजयी भइन् । उनले १० हजार २ सय ११ मत ल्याएकी थिइन ।

उनकी प्रतिद्वन्द्वी माओबादीकी टीका न्यौपानेले ७ हजार ६६ मत ल्याइन । देवदहका ९ वटा वडामा भने एमालेले जित निकालेको छ ।