११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सुनसरीका दुई नगरपालिका र तीन गाउँपालिकामा काँग्रेस बिजयी


0
Shares

इनरुवामा प्रमुख र उपप्रमुख काँग्रेसका उम्मेदवार बिजयी भएका छन भने रामधुनीमा प्रमुख काँग्रेस र उपप्रमुख एमालेकी उम्मेदवार बिजयी भएका छन् ।

इनरुवामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजन मेहताले १० हजार ९८७ र उपमेयरकी उम्मेदवार जमूना गौतम पोखरेलले १० हजार ९०६ मत प्राप्त गरेकी छन् ।

मेहताका प्रतिद्धन्दी एमालेका पोष्टकुमार नेपालले नौ हजार ८१३ र उपप्रमुखमा एमालेकै कवितादेवी यादवले नौ हजार १४९ मत ल्याएकी छन् ।

रामधुनी नगरपालिकामा काँग्रेसका जयप्रकाश चौधरीले नौ हजार ७०६ मत ल्याएर बिजयी भएका छन् । उनका नकटम प्रतिद्दन्दी एमालेका नन्दकुमार बस्नेतले आठ हजार ८५० ल्याए ।

उपमेयरमा एमालेकी सविना चौधरी बिजयी भएका छन् । उनले नौ हजार ८१३ मत ल्याइन् । चौधरीको प्रतिद्दन्दी काँग्रेसकी बिजया कट्वालले सात हजार ९२६ मत ल्याइन् ।

काँग्रेसले गाउँपालिका अन्तर्गत हरिनगरा, देवानगन्ज र गढीमा प्रमुख–उपप्रमुखमा जितेको छ ।

हरिनगरामा अध्यक्षमा गफार अन्सारीले पाँच हजार ६५२ र उपाध्यक्षमा रिमझिमकुमारी भगतले पाँच हजार ९६ ल्याएर ल्याएर बिजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

गफारका प्रतिद्दन्दी संघीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३६ र उपाध्यक्षमा भगतकी प्रतिद्धन्द्वी एमालेकी सुमित्रादेवी मेहताले दुई हजार ९७६ मत ल्याइन् ।

देवानगन्जमा काँग्रेसका लालीप्रसाद मेहताले अध्यक्षमा तीन हजार २५१ र उपाध्यक्षमा पुनितादेवी यादवले तीन हजार ८५८ मत ल्याएर बिजयी भइन् ।

लालीप्रसादका प्रतिद्दन्दी संघीय समाजवादी फोरम नेपालका वेचनप्रसाद मेहताले दुई हजार ८९६ मत ल्याए भने पुनितादेवीका प्रतिद्दन्दी लोकतान्त्रिक फोरम नेपालकी महमुदा खातुनले दुई हजार ६१९ ल्याइन् ।

गढी गाउँपालिकामा काँग्रेसका श्रीप्रसाद यादवले पाँच हजार ५२ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा राजकुमारी चौधरीले चार हजार ८१९ ल्याएर बिजयी भइन् ।

श्रीप्रसादका प्रतिद्दन्दी लोकतान्त्रिक फोरम नेपालका वीरनारायण चौधरीले चार हजार ६४ र उपाध्यक्षमा लोकतान्त्रिक फोरमकै लालो थरुनीले तीन हजार ६५५ ल्याइन् ।