मंगलबार सिंहदरवारमा बसेको समितिको वैठकले कम्तिमा दुई महिना उक्त सडक खण्डमा रातीको समयमा आवागमन वन्द गरी निर्माण कार्यलाई तिव्रता दिन भनेको हो ।
यस्तै, मुआव्जा नपाएकाहरुलाई मुआब्जा उपलव्ध गराउन समितिले सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले मुआव्जाको व्यवस्था छिटो हुन नसक्दा निर्माण कार्यले तिव्रता नपाएको जानकारी गराए ।
उनले करिब दुई महिनासम्म यातायात आवतजावतमा कठिनाई उत्पन्न हुने बताए ।
समितिका सदस्यहरुले बहानामा मुग्लिन नारायणघाट सडक निर्माणको काम नरोक्न भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्