११ असार २०८२, बुधबार | Wed Jun 25 2025


गाउँपालिका अध्यक्षमा दुई उम्मेदवारको मत बराबरी आएपछि अन्योल


0
Shares

मंगलबार आएको मतपरिणामअनुसार नेकपा एमालका अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्नेबारेमा अन्योल भएको छ ।

एमालेकी काफ्ले र कांग्रेसका राई दुबैले ८ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार सो गाउँपालिकामा राजनीतिक दलबीच गोलाप्रथाका लागि सहमतिको प्रयास भइरहेको छ । उनले दलहरुबीच कुरा नमिलेमा पुनः मतगणना हुने बताए । रासस