नगरप्रमुखमा शिव थारु ९ हजार ४९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले ८ हजार ६०६ मत प्राप्त गरे ।
उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी ९ हजार २१९ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी तारा चौधरीले ८ हजार ५७० मत प्राप्त गरिन् ।
यसैगरी, बाँसगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा शालिकराम अधिकारी ८ हजार ७८५ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनाराम थारुले सात हजार ८२२ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी सुस्मा चौधरी ९ हजार २९५ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भूमि विकले सात हजार ३४८ मत प्राप्त गरिन् । रासस




प्रतिक्रिया दिनुहोस्