यसदिन नेप्से ३ अंकले झरेर १ हजार ५ सय ४१ विन्दुमा आइपुग्यो । कारोबार भएकामध्ये अधिकांश समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, बिमा र उत्पादमूलक समूहमा गिरावट आयो भने होटल र वित्त समूहमा सामान्य सुधार आयो ।
यसदिन १ सय ४२ कम्पनीको ६ लाख ६४ हजार कित्ता सेयर ३७ करोड ५९ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्