सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले गत आइतबारेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सम्पन्न भएको कारोबारको राफसाफ तथा फर्छ्यौट मल्टिपल क्लियरिङ बैंकमार्फत् नेट सेटलमेन्ट प्रणालीअनुसार गर्न थालेको छ ।
धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुले धितोपत्र तथा खरिद गर्ने लगानीकर्ताहरुले धितोपत्र खरिदबापतको रकम अबउप्रान्त कारोबार भएको दुई कार्यदिन (टी प्लस टु)भित्र बुझाइसक्नु पर्ने व्यवस्था रहेको छ । सीडीएससीले बुधबारदेखि नै उक्त व्यवस्था लागू गरिने जनाएको छ ।
तोकिएको समयावधिभित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारबाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैं नै जिम्मेवार हुने पनि सीडीएससीले जनाएको छ ।
मल्टिपल क्लियरिङ बैंकमार्फत् गरिने नेट सेटलमेन्ट प्रणाली नेपालको पुँजीबजारकै विकासमा ठूलो उपलब्धि हुने विश्वास गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्