४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


कोरियाली प्रायद्वीपको तनाव घटाउन सैनिक बलको सट्टा वार्ता आवश्यक : रसियाली सांसद


0
Shares

प्योङयाङविरुद्ध सीमाक्षेत्रमा युद्धकविमान तैनाथ गरेरभन्दा वार्ताका माध्यमबाट सहमतिको खोजी गर्नुपर्छ, रसियाली संसद (डोमा)का अन्तर्राष्ट्रिय सम्बन्ध मामिला समितिका प्रमुख लियोनिद स्लटस्कीको शब्द उद्धृतगर्दै ‘इन्टर फ्याक्स न्युज एजेन्सी’ले बताएको छ ।

उनको भनाइ मंगलबार (आज) करिब १० बजेको समयमा उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रिक इलाकामा एक  क्षेप्यास्त्रको परीक्षण गरेको सैनिक सहप्रमुखद्वारा बताएपछि आएको हो ।

कोरियाले उक्त क्षेप्यास्त्रले एक महादेशबाट अर्को महादेशसम्म आक्रमण गर्नसक्ने हतियारको सफल परीक्षण गरेको बताउँदै यो सफलता प्योङयाङका लागि कोसेढुंगा सावित हुने बताएको थियो ।

यसैबीच, रसियाली रक्षा मन्त्रालयले मंगलबार (आज) एकविज्ञप्ति जारीगरी मन्त्रालयले मध्यमदूरीको क्षेप्यास्त्र परीक्षण गरेको रेकर्ड गरेको जनाएको थियो ।

क्षेप्यास्त्र परीक्षण रसियाली सीमाको विपरित दिशामा गरिएको र यसबाट रसियालाई कुनै खतराको सिर्जना नगरेको विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियालाई क्षेप्यास्त्र प्रविधि तथा आणविक परीक्षण वा अन्य कुनै उत्तेजित गतिविधि सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । रासस/सिन्ह्वा