Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


संघीय सरकारको हस्तक्षेपकै कारण देशको वर्तमान शिक्षा धरासायी हुँदै : मुख्यमन्त्री राउत


0
Shares

जनकपुर, माघ १८ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको हस्तक्षेपकै कारण देशको वर्तमान शिक्षा धरासायी हुँदै गएको आरोप लगाएका छन् ।

प्रदेशको नीति आयोगले आज जनकपुरमा गरेको विद्यालयस्तरीय शिक्षाको वर्तमान अवस्था तथा भविष्यको मार्गचित्र विषयक अन्तर्क्रियामा मुख्यमन्त्री राउतले संविधानभन्दा माथि कोही नभएको भन्दै संघीय सरकारबिरुद्ध अदालतबाटै लडेर भए पनि आफ्नो अधिकार लिने बताए ।

मुख्यमन्त्री राउतले सामुदायिक विद्यालयको शिक्षास्तर खस्किँदै गएकोमा सरकारलाई मात्र दोष देखाएर नहुने भन्दै कार्यान्वयन पक्ष, विद्यालयका शिक्षक र पदाधिकारीहरु पनि उतिकै दोषी रहेको आरोपसमेत लगाए ।