Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


अछाममा आज मनाइयो धान दिवस


0
Shares

जिल्ला कृषि विकास कार्यालय अछामको आयोजनामा बुधबार धान दिवस मनाइएको हो ।

हरेक वर्ष असार १५ गते मनाइने धान दिवस यो वर्ष बुधबार मनाइएको हो । असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन र १५ गतेदेखि मतगणना भएको हुँदा बुधबारमात्र धान दिवस मनाइएको जिल्ला कृषि विकास कार्यालय अछामका निमित्त कृषि विकास अधिकृत भुवन मल्लले जानकारी दिए ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर–९ कैलाशखोलानजिकै रहेको खेतमा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।

किसानको मनोबल उच्च राखेर उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर असार १५ गतेलाई राष्ट्रिय धान दिवसकोरूपमा मनाउने गरेको छ ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, स्थानीय विकास अधिकारी तोयानारायण सुवेदी, अछाम प्रहरी प्रमुख डीएसपी निरन्जन दत्त भट्ट, निमित्त कृषि विकास अधिकृत मल्ललगायतको उपस्थिति रहेको थियो ।