
ट्रम्पको निर्णय कार्यान्वयनमा आएमा पृथ्वी शुक्र ग्रहजत्तिकै गर्मी बन्ने प्रतिक्रिया दिँदै हकिङले जलवायु परिवर्तनको क्षेत्रमा पूरा गर्नै नसक्ने क्षति पुग्ने प्रस्ट गरे ।
पृथ्वीमा बढ्दै गएको संकटबाट मानवजीवन जोगाउन अर्को ग्रहमा जीवनको सम्भावना खोज्न ढिला गर्न नहुने सल्लाह पनि उनको छ ।
स्टीफन हकिङले आफ्नो ७५औं जन्मदिनमा बीबीसी न्यूजसँग विशेष कुराकानी गर्दै यस्तो बताएका हुन् ।
पृथ्वीमाथि जलवायु परिवर्तनको नोक्सानको तह पूरा गर्नै नसक्ने विन्दुमा पुगेको भन्दै उनले यही ढंगले बेपर्वाह बनिरहे पृथ्वीको तापक्रम २५० डिग्री पुग्ने र सल्फ्युरिक एसिडको वर्षा हुन थाल्ने चेतावनी हकिङले दिएका छन् ।
पेरिस जलवायु सम्झौताबाट हात झिक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले हाम्रो सुन्दर ग्रह र सन्ततिको भविष्य खतरामा पारेको उनको निचोड छ ।
प्रतिक्रिया दिनुहोस्