
सुनवलमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले सुनवलका प्रमुख भीमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल र वडाध्यक्षहरुलाई शपथग्रहण गराएका हुन् ।
१३ वडा रहेको नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र तीनओटा वडा जितेको छ । एमालेले उपप्रमुखसहित ९ ओटा वडा जितेको छ भने माओवादी केन्द्रले एकओटा वडामा विजय हासिल गरेको छ ।
त्यसैगरी, रामग्राम नगरपालिकामा निर्वाचित प्रमुख रेन्द्र गुप्ता, उपप्रमुख रम्भा कुँवर र वडाअध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत कैलाश केसीले शपथग्रहण गराएका छन् ।
१८ ओटा वडा रहेको नगरपालिकामा प्रमुख र उपप्रमुखसहित १० ओटा वडा कांग्रेसले, राप्रपाले तीनओटा, एमाले र नेपाल लोकतान्त्रिक फोरमले २/२ वडा जितेका छन् भने नयाँ शक्तिले एकओटा वडा जितेको छ ।
प्रतिक्रिया दिनुहोस्