४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


कतारमाथिको प्रतिबन्ध कायम राख्ने चार अरब मुलुकको निर्णय


0
Shares

कतारमाथि ‘आतंकवादलाई पोषण गरेको’ आरोप लगाउँदै खाडी मुलुकले ऊसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेका थिए । लगत्तै ती मुलुकले कतारमाथि विभिन्न प्रतिबन्ध लगाएका थिए ।

तर हालै आफ्ना माग पुरा गर्न उनीहरुले दिएको समयसीमा सकिदा समेत कतारबाट सकारात्मक जवाफ नआएको भन्दै प्रतिबन्ध कायम राख्नेमा चार मुलुक सहमत भएका छन् ।

कायरोमा साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । ती मुलुकले आफ्ना मागका बारेमा कतार गम्भीर नभएको आरोपसमेत लगाएका छन् ।

कतारले भने ती मुलुकका माग पुरा गर्न नसकिने लिखित जवाफ यसअघि नै पठाइसकेको थियो ।

खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक अघि नै कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले असहमतिको जवाफ प्रतिबन्ध र समयसीमा नहुने प्रष्ट पार्दै वार्ता र तर्कका माध्यमबाट समाधान खोज्न सुझाव दिएका थिए । (एजेन्सी)