
नेकपा एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका ध्रुवकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरेका छन् भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय भइन् ।
प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गरे भने उपप्रमुख पदकी उम्मेदवार नेपाली कांग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरिन् । (रासस)
प्रतिक्रिया दिनुहोस्