
बुधबार राति अबेरसम्म बसेको सर्वपक्षीय बैठकले मतगणना शुरु गर्ने सहमति गरेपछि आजबाट मतगणना थालिएको हो ।
धरानको मतगणनाको क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो ।
संघीय समाजवादी फोरमले आफ्ना उम्मेदवारको मत नेकपा मालेका उम्मेदवारको नाममा गणना भएको भन्दै आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो ।
गएराति बसेको सर्वपक्षीय बैठकले निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर उपसचिव कमल थापालाई निर्वाचन अधिकृत राख्ने निर्णय गरेसँगै सोमबारदेखि अबरुद्ध मतगणना पुनः शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्