उनीहरुले वैदेशिक लगानी वृद्धि गरी कृषिमा दीर्घकालीन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय किसान आयोगले बिहीबार राजधानीमा गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कृषि क्षेत्रमा आधारभूत पूर्वाधारको विकास गर्नसके वैदेशिक लगानी भित्र्याउन सकिने बताए ।
पुँजी लगानी र उपलब्ध स्रोत–साधनलाई प्रयोग गरी कृषि क्षेत्रको विकास गर्न सकिने उनको भनाइ थियो ।
वैदेशिक लगानीबाट उचित प्रतिफल हासिल गर्न उचित राजनीतिक वातावरण आवश्यक हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपालको आर्थिक समृद्धिका लागि कृषि विकासमा विदेशी लगानी बढाउनुपर्ने बताए ।
महामन्त्री कोइरालाले विदेशी लगानीलाई सर्तकताका साथ भित्र्याउनुपर्नेमा पनि जोड दिए ।
यस्तै, नेकपा एमालेका नेता केशव बडालले उत्पादनमा वृद्धि हुन नसक्नु नै अहिलेको कृषि क्षेत्रको समस्या भएको उल्लेख गरे ।
उत्पादनमुखी कृषि प्रणालीको विकास र निर्यातमा सबैपक्षले ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा विभिन्न दलका नेताहरुले आर्थिक विकासका लागि कृषिलाई उच्च महत्व दिनुपर्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्