Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


साझाबस अब काभ्रेको सिमाना साँगासम्मै सन्चालन


0
Shares

                                                                           फाइल फोटो
सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सन्चालनमा ल्याइएको हो ।

भक्तपुरमा साझाका २० ओटा बस सन्चालनमा रहेका छन् । साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सन्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमितरुपमा नै साँगासम्म बस सन्चालन हुनेछ ।

साँगासम्म सन्चालन हुने बससेवाको बुधबार पूर्वउद्योगमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरे । रासस