
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता मनमोहन चौधरी विजयी भएका हुन् ।
राजपाले निर्वाचनमा भाग नलिने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर उनी चुनाव चिह्न ‘शंख’ लिएर मैदानमा उत्रिएका थिए ।
उनले ८ हजार १७५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्धिन खाँनले ७ हजार ३९ मत प्राप्त गरेका छन् । चौधरी राजपा रूपन्देहीका अध्यक्षमन्डलका सदस्यसमेत हुन् ।
उपप्रमुखमा भने संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तव ४ हजार ७२० मतकासाथ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्