Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


बिहीबार सेयर बजारमा उल्लेख्य सुधार


0
Shares

बजार परिसूचक नेप्से ३१ अंकले उकालो लागेर १५ सय २२ मा पुग्यो । यसदिन कारोबार रकममा पनि सुधार आयो ।

‘नेट सेटलमेन्ट’ प्रणाली सुरु भएसँगै लगानीकर्ता उत्साहित भएको विश्लेषण गरिएको छ ।

यसदिन कारोबार भएका सबै समूह उकालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ३ सय १९ अंकको वृद्धि भयो । होटल समूह ५८ अंकले उकालो लाग्यो । विकास बैंक समूहमा ४० अंक बराबरको सुधार आयो । वाणिज्य बैंक समूहमा पनि २४ अंकको बृद्धि आयो । जलविद्युत् र उत्पादनमूलक समूह पनि दोहोरो अंकले बढे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको ३५ लाख बराबर कित्ता सेयर ७६ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।