१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


रंगेली नगरपालिका प्रमुखमा माओवादी केन्द्र विजयी, उपप्रमुखमा विवाद


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा विवाद
उपप्रमुख पदमा झिनो मतअन्तरका कारण सामान्य विवाद भएपछि वडा नम्बर–६ को पुनः मतगणना सुरु गरिएको छ ।

सर्वदलीय बैठकपछि सो निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए ।

सो पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको ५ हजार ७२० र नेपाली कांगे्रसकी राधादेवी मण्डलको ५ हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ ।

कांग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो ।

उपप्रमुखको घोषणा वडा नम्बर–६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ । रासस