
परिणाम आउन बाँकी रहेका स्थानमा पनि नेकपा एमालेकै अग्रता रहेको छ भने त्यसपछि नेपाली कांग्रेस देखिएको छ । जसमा पाँच स्थानमा एमाले, चार स्थानमा कांग्रेस र एक स्थानमा भने संघीय समाजवादी फोरमले अग्रता लिएका छन् ।
एमालेले अग्रता लिएका स्थानमा सुनसरीको धरान उपमहानगरपालिका, झापाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका रहेको छ ।
कांग्रेसले अग्रता लिएका स्थानमा भने मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेको छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्