आफ्नो ७१ औं जन्मोत्सव मनाउन निर्मल निवासमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा इमेज च्यानलसाग कुरा गर्दै उनले देशप्रति संवेदनशील बन्न सबैलाई अपील गरे ।
पूर्वराजा शाहले राष्ट्रियता, सार्वभौमिकता, र राष्ट्रिय एकता कायम राख्न सबै नेपाली एकजुट हुन पनि अपील गरे ।
जन्मदिनका उपलक्ष्यमा निर्मल निवासमा राजसंस्थाप्रति आस्था राख्नेदेखि पूर्वमन्त्रीहरु, प्रहरीका पूर्व अधिकृतलगायत सर्वसाधारणको भीड लागेको थियो ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्