
नेता यादव केन्द्रीय रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएको टेन्डरमा घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको सीबीआईले छापा मारेको हो । यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा शुक्रबार बिहान छापा मारिएको हो ।
लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरमा पनि घोटाला गरेको आरोप लागेको थियो । यादव, उनकी पत्नी रावडी देवी र बिहारका अहिलेका उपमूख्यमन्त्री तेजस्वीविरूद्ध अभियोग लागेको छ ।
छापा मार्दा यादव भने पटनास्थित घरमा नरहेको र सीबीआईकै अदालतमा उपस्थित हुन राँची गएको बताइएको छ । यादवमाथि गाईबस्तुको दाना सम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि छानविन भइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्