१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


इटहरी उपमहानगरपालिकामा एमाले विजयी


0
Shares

त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी भएकी छन् ।

चौधरीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाइँले १९ हजार ९८५ मत प्राप्त गरेका छन् ।

सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गरेकी छन् ।

२० ओटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा न–१, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा कांग्रेसले जित हात पारेको छ ।

त्यसैगरी, एमालेले वडा नम्बर–२, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नम्बर–१० मा भने नेपाल लोकतान्त्रिक फोरमले जितेको छ ।

इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । रासस