१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


तेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग


0
Shares

तेस्रो चरणमा प्रदेश नम्बर–२ मा स्थानीय तह निर्वाचन हुँदैछ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग कर्मचारीहरुको नियुक्तिको तयारीमा लागेको छ ।

निर्वाचन सामग्रीको व्यवस्थापन र प्राविधिककार्य यसअघि नै गरिएकाले असोज २ गते हुने स्थानीय निर्वाचन अझ सहज हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको लागिसमेत आवश्यक ऐनहरुको विषयमा छलफल भइरहेको शर्माको भनाइ छ ।

असार मसान्तसम्ममा आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ऐन पाउनुपर्ने अन्यथा काम अघि बढाउन कठिनाइ हुने बताउँदै आएको छ ।

साउन १५ गतेसम्म निर्वाचन क्षेत्र निर्धारण भएमा असोजको चौथो साता प्रदेशसभा, कात्तिकको दोस्रो साता राष्ट्रियसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव छ ।

संविधानले माघ ७ गतेसम्म सबै तहको निर्वाचन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्