Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सेयर लगानीकर्ताहरुले अब घरमै बसेर आफैंले सेयर किनबेच गर्नसक्ने


0
Shares

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले कुनै बाधा नआए कात्तिक २१ गतेबाट अनलाइन कारोबार सुरु हुने बताए ।

सो प्रणाली सुरु भएपछि सेयर लगानीकर्ताहरुले जहाँ बसेर पनि आफैंले सेयर किनबेच गर्नसक्ने जनाइएको छ ।

सो प्रणालीको कार्यान्वयनपछि सेयर किनबेच गर्न सेयर ब्रोकरको कार्यालयमा धाउनु नपर्ने दाबी पनि गरिएको छ । तर, कुनै ब्रोकर कम्पनीको आइडी भने लिनुपर्ने छ ।

साथै, सेयर राफसाफ र रकम भुक्तानीको समस्या पनि समाधान हुने बताइएको छ ।

नेप्सेका महाप्रबन्धक थपलियाले पछिल्ला चार आर्थिक वर्षमा नीतिगत, संस्थागत तथा प्राविधिक पक्षमा उल्लेख्य सुधार गरेको दाबी पनि गरे ।