शुक्रबार राजधानीमा बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका सहभागीहरुले बालबालिकाको मनोविज्ञानमा नकरात्मक असर नपुग्ने गरी प्राथमिकता साथ व्यवहार गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले केही बालबालिकाहरुमा हुने ‘बुलिङ’ प्रवृत्तिलाई रोक्नुपर्ने बताए । उनले यससम्बन्धी मापदन्ड र ऐनसमेत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनही २५ हजार नगद राशीको बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकारलाई पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुनेमा पत्रकारहरुमा रामकला खड्का, मुकेश पोखरेल, सलिना उप्रेती, संस्कृति चालिसे, कृष्ण अधिकारी, लक्ष्मी बस्नेत, चिरञ्जीवी तिमल्सिना, रुपा शर्मा र मनोजकुमार महतो रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्