१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


भीमदत्त नगरपालिका प्रमुखमा १६६ मतान्तरले एमालेका विष्ट विजयी


0
Shares

नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार पदम बोगटीलाई १६६ मत अन्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ११ हजार ८३१ र उन्का निकटतम् प्रतिद्वन्द्वी बोगटीले ११ हजार ६६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका सुशीला सिंह निर्वाचित भएकी छन् । उनी १२ हजार ७७५ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका माया पन्तले ११ हजार ८३६ मत प्राप्त गरेकी छन् ।

कुल ३७ हजार ४६७ मत खसेको थियो । १९ वडा रहेको नगरपालिकामा एमालेले १०, कांग्रेसले ७ र नेकपा माओवादी केन्द्रले २ वडाध्यक्ष जितेका छन् ।

९ स्थानीय तह रहेको कन्चनपुरमा अब पुनर्वास नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । रासस