
यसअघि आफ्नो वचश्र्व राख्दै आएको दमक नगरमा यसपटकसमेत एमालेले आफ्नो बलियो उपस्थिति कायम गर्न सफल भएको छ ।
एमाले अध्यक्ष केपी ओलीको गृहनगरकारुपमा चिनिने दमकमा एमालेले अभूतपूर्व जित हासिल गरेको हो । दमक नगरप्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता अधिकारी निर्वाचित भएका हुन् ।
निर्वाचित ओलीले १० हजार ८०६ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापाले सात हजार ६५५ मत प्राप्त गरेका छन् ।
नगरप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरी (गगन)ले ६ हजार ८९८ र नेपाली कांग्रेसका उम्मेदवार ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत प्राप्त गरेका छन् ।
यसैगरी, निर्वाचित उपप्रमुख अधिकारीले १२ हजार ६२५ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रेगिना भट्टराईले आठ हजार ९१२ मत प्राप्त गरिन् ।
यसैगरी, दमक नगरका १० ओटा वडामध्ये एमालेले आठओटा वडामा प्यानल नै जित हासिल गरेको छ । दमक १ र ७ वडामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेको छ ।
निर्वाचित वडा न–१ बाट ताराप्रसाद अधिकारी, वडा नम्बर–२ बाट प्रजापति सापकोटा, वडा नम्बर–३ मा नवीन बराल, वडा नम्बर–४ मा कुमार साम्सुहाङ, वडा नम्बर–५ मा इन्द्र गुरुङ, वडा नम्बर–६ मा टेकबहादुर थापा, वडा नम्बर–७ मा भीम पौडेल, वडा नम्बर–८ मा पशुपतिराज गौतम, वडा नम्बर–९ मा रामप्रसाद धिमाल र वडा नम्बर–१० बाट बोधराज न्यौपाने वडाध्यक्षमा विजयी भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्