Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दुई सय बर्ष पुरानो ‘खड्ग निशान’ हेलिकप्टरबाट इलाम भित्र्याइयो


0
Shares

दुई सय बर्ष लामो इतिहास बोेकेको यो निशाना सुरक्षाको कारण देखाउँदै २०५९ साल वैशाख २६ गते काठमाडौं लगिएको थियो ।

इलामको इतिहास बोकेको नेपाली सेनाको २ सय बर्ष पुरानो निशानी इलामको माइस्थानमा फर्काइदैछ । बैदिक विधि अनुसार निशानलाई माइस्थानमा मन्दिरमा पुर्नस्थापित गरिने भएको छ ।

अंग्रेजसँगको सुगौली सन्धिपछि नेपालले जितेको भू–भाग सिंहलिला पर्वत श्रृङखालाको पानी ढलोका आधारमा मेची नदीका मिसित भएपछि सिष्टाबाट फर्काइएको यो निशान सहित तात्कालिन नेपाली सेनाकोे श्रीनाथ पल्टनले करफोकको पूर्णे डाँडामा आएर बसेको इतिहास छ ।

भारतीय सिमानाको नजिक भएका कारण पूर्णे डाँडामा दुईववर्ष राखि उपयुक्त स्थानको खोजीका यो निशान नामसालिङमा पु¥याइएको थियो ।

०७३ मंसिरमा इलामबासीले यो निसानलाई इलामनै फर्काउन हस्ताक्षर सहित प्रधान सेनापतिलाई आग्रह गरिएको थियो ।

जिल्लाबासीको आग्रह अनुसार इलाम फर्काइएको निशान नेपाली सेनाका दुईवटा हेलिकप्टरले इलाम ल्याएका हुन् ।

निशान इलाम आइपुगेपछि जिल्लाबासीले निशानलाई निशान भगवतीका रुपमा स्वातग तथा बाजागाजा सहित माइथान मन्दिर भित्र्याएका थिए ।

माइस्थान मन्दिरमा निशानको पूजा गरेरमात्र निशान घरमा राखिएको थियो ।

निशान पूर्नस्थापनाका अवसरमा कायममुकायम प्रधान सेनापति बलदेवराज महत, संविधान सभाका पूर्व अध्यक्ष सुबासचन्द्र नेम्वाङ, इलामका मेयर महेश बस्नेतलयागत नव निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।

तस्वीर – हरि गुरुङको फेसबुकबाट