१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


मत गणना अन्तिम चरणमा, एमाले पहिलो र काँग्रेस दोस्रो बन्न सफल


0
Shares

परिणाम आउन बाँकी रहेका मध्ये तीनमा नेकपा एमाले र एकमा नेपाली काँग्रेस अगाडी रहेका छन् ।

एमालेले सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा अग्रता लिएको हो भने कांग्रेस मोरङको विराटनगर महानगरपालिकामा अगाडी रहेको छ ।

यता, दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल बन्न सफल भएको छ ।

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गरिएको निर्वाचनमा अहिलेसम्म ३ सय ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

घोषित परिणाममा १ सय ४८ तह जितेर एमाले पहिलो र १ सय २१ तहमा तिेर कांग्रेस दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्द्र भने ३८ स्थानीय तहमा विजयी हुँदै तेस्रो ठूलो दल बनेको छ ।

८ तह जित्ने संघीय समाजवादी फोरम चौथो हुँदा ६ तह जितेर लोकतान्त्रिक फोरम पाँचौं बनेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।