Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बसको ठक्करबाट बाटो काट्दै गरेका दुईको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा आज बिहान ४ः४० बजे मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस